विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई वान स्टार लण्डनको सम्मान

 कला तथा मनोरन्जन     ३१ भाद्र २०८१, सोमबार १४:२७     94 जनाले पढ़िसके



Spread the love

काठमाडौं,
विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई वान स्टार लण्डनले सम्मान गरेको छ । डा. उपाध्यायले गीत संगीत तथा विविध क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान गरिएको वान स्टार लण्डन लिमिटेड युकेले जनाएको छ । डा. उपाध्यायलाई १५३ विश्व कीर्तिमान कायम गरेकोमा विशेष सम्मान अर्पण गरिएको जनाइएको छ ।
यो संस्था विश्वको चर्चित संस्था मध्ये एक रहेको र यसले निश्चित व्यक्तिहरूलाई मात्र सम्मान गर्ने गरेको पाइएको डा. उपाध्यायले बताए ।
डा.उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।