काठमाडौं । सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई आगामी चार वर्षका लागि टेलिकम प्रबन्ध निर्देशक नियुक्त गरेको हो । ‘बिहीबारको मन्त्रिपरिषद् बैठकले मलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको जानकारी पाएको उनले महेन्द्रमाला खबरलाई बताइन, ‘आफ्नो चार वर्षे कार्यकालमा टेलिकमलाई अझै उचाइमा लैजाने लक्ष्य छ ।’
पहाडी यसअघि २०८० असोज दोस्रो सातादेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशक रुपमा कार्यरत थिइन । निमित्तको जिम्मेवारी सम्हाल्दा पहाडी नायब प्रबन्ध निर्देशक थिइन् । त्यो बेलाको सरकारले अर्को व्यवस्था नभएसम्मका लागि पहाडीलाई निमित्त प्रबन्ध निर्देशक भई काम गर्न दिने निर्णय गरेको थियो ।