बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

 संवाददाता    १४ भाद्र २०८१, शुक्रबार ०८:४१     8 जनाले पढ़िसके



Spread the love

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले बिहीबार साँझ ठक्कर दिँदा सडकमा हिँडिरहेकी एक महिलाको मृत्यु भएको हो ।

ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले गएराति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवम् डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार मृतकको सनाखत भएको छैन । उनलाई ठक्कर दिने बस चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेकै नमोबुद्ध नगरपालिका–६ की १३ वर्षीया बालिका खुसी न्यौपाने मृत फेला परेकी छन् । बिहीबार अपराह्न घरबाट हराएकी उनलाई दाप्चा खोलाको दहमा मृत फेला परिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।