लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई दुई तिहाइ सांसदको समर्थन

 संवाददाता    ४ भाद्र २०८१, मंगलवार १७:३१     37 जनाले पढ़िसके



Spread the love

काठमाण्डु– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्।

गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले मंगलबार प्रदेशसभाबाट दुई तिहाइ विश्वासको मत पाएका हुन्।

सभामुख तुलाराम घर्ती मगरले उनको पक्षमा ७० मत र विपक्षमा ११ मत खसेको घोषणा गरे।

मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलको उपनेता थिए। आचार्य तीन दिनअघि मात्रै एमाले संसदीय दलको नेता चयन भएका हुन्।

दलको नेता चयन भएपछि उनले प्रदेशसभाबाट विश्वासको मत लिएका हुन्।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।