दुर्गा प्रसाईँको पक्षमा भएको फैसला खारेजी माग्दै डा. केसीले दिए सर्वोच्चमा निवेदन

 संवाददाता    २ भाद्र २०८१, आईतवार १९:५५     88 जनाले पढ़िसके



Spread the love

काठमाण्डु–मेडिकल व्यवसायी दुर्गा प्रसाईँको मेडिकल बिएण्डसि विरूद्ध डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएका छन् ।

बि एण्ड सिको पक्षमा भएको फैसला बदर हुनुपर्ने भन्दै उनले पुनरावेदन निवेदन दिएका हुन् ।

आफू मुद्दाको प्रत्यक्ष सरोकारवाला नभएको अवस्थामा पनि डा. केसीले फैसला सच्याउनुपर्ने माग राखेर सर्वोच्चमा निवेदन दिएका हुन् ।

उनले फैसला त्रुटिपूर्ण भएकाले त्यसको पुनरावलोकन हुनुपर्ने र बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनु भन्ने आदेश खारेज हुनुपर्ने माग राखेका छन् ।

केसीको निवेदन दर्ता हुने वा नहुनेबारे अध्ययनपछि मात्र निर्णय हुने छ । अघिल्लो फैसलामा केसी निवेदन र प्रतिवादी दुवै नभएकाले रिट दर्ता गर्ने विषयमा अध्ययन भइरहेको सर्वोच्चको भनाई छ ।

बीएण्डसी मेडिकल कलेजले दुई पटक सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो र पछिल्लो रिटनिवेदनको सुनुवाईपछि सर्वोच्च अदालतबाट सम्बन्धन दिनु भनी आदेश भएको हो ।