कर्णाली मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

 संवाददाता    २१ श्रावण २०८१, सोमबार १८:२२     107 जनाले पढ़िसके



Spread the love

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।

सोमबारको प्रदेश सभा बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव राखेका थिए।

प्रदेश सभा बैठकमा ३७ जना सांसद उपस्थित थिए।

मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा २३ जनाले मतदान गरेका छन्।

प्रस्तावको विपक्षमा १४ जनाले मतदान गरेका छन्।

गत साउन ७ गते नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिएका हुन्।

२०८० चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेलले वैशाख १४ गते पहिलो पटक विश्वासको मत लिएका थिए।

संघमा सत्ता समीकरण फेरिएसँगै कर्णालीमा पनि एमाले र नेपाली कांग्रेसबीच सत्ता साझेदारी भएको हो।

 

४० सदस्यीय कर्णाली प्रदेश सभामा हाल कांग्रेसका १३ जना सांसद छन्।

सरकारको नेतृत्व गरिरहेको एमालेका सभामुखसहित १० सांसद छन्।

राप्रपा र नेकपा (एकीकृत समाजवादी) का एक-एक जना सांसद छन्। एक जना स्वतन्त्र सांसद छन्।