आज विश्वासको मत लिँदै कर्णाली मुख्यमन्त्री कँडेल

 संवाददाता    २१ श्रावण २०८१, सोमबार १०:२३     20 जनाले पढ़िसके



Spread the love

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिन कँडेलले शनिबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको कर्णाली प्रदेसभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरूङले जानकारी दिएका छन् । साउन ७ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

४० सदस्यीय प्रदेशसभाबाट विश्वासको मत पाउन २१ सांसदको समर्थन आवश्यक पर्छ । कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, एमालेका १०, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक-एक जना र एक जना स्वतन्त्र सांसद छन् ।