नेकपा एमाले भौतिक पूर्वाधार तथा यातायात विभागले प्रधानमन्त्रीलाई सुझाव दिंदै भन्यो काठमाडौंको जाम हटाउन पोडवे बनाऔं

 एमाले     १५ श्रावण २०८१, मंगलवार २०:२२     180 जनाले पढ़िसके



Spread the love

प्रदीप ज्ञवाली संयोजक रहेको समितिले एक कार्यक्रमका विच प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई सुझाव हस्तान्तरण गर्दै।

नेकपा एमाले भौतिक पूर्वाधार तथा यातायात बिभागले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था सम्बन्धमा अवलम्बन गर्नुपर्ने दृष्टिकोण,नीति,कार्यक्रम तथा योजना सम्बन्धी १०५ बुंदे सुझाव(२०८१//०३/२३) पार्टीमा बुझाएको छ। नेकपा एमाले भौतिक पूर्वाधार तथा यातायात विभागको प्रमुख नेकपा एमालेका कृष्ण बहादुर के. सी. हुन।

नेकपा एमाले भौतिक पूर्वाधार तथा यातायात विभाग प्रमुख कृष्ण ब. के.सी.

उक्त कार्यदलले दिएको सुझाव समेत एमालेका अन्य समितिले दिएको सुझाव समेत समेटेर प्रदिप ज्ञवाली संयोजक रहेको सुझाव समितिले प्रतिवेदन समेत प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई एक कार्यक्रमका विच बुझाईसकेको छ।

यसरी कार्यदलबाट पेश भएको सुझावहरुलाई ३ भागमा वर्गिकरण गरि लागू गर्न प्रधानमन्त्री समक्ष प्रतिवेदन पेश भएको छ जसमा यही आर्थिक वर्षभित्र गर्न सकिने कार्य, आगामी २ वर्ष भित्र गर्न सकिने योजना र आगामी ३ वर्ष अर्थात २०८४ सम्म सम्पन्न गर्न सकिने आयोजनामा वर्गीकरण गरि सुझाव पेश भएको छ।

प्रदिप ज्ञवालीलाई बुझाईएको भौतिक पूर्वाधार तथा यातायात विभागको सुझावको बुंदा नम्बर २७ मा लेखिएको छ। पडवेः (अनुमानित लागत ४० करोड प्रती किमी, यात्रु क्षमता ५० हजार प्रती घण्टा) काठमान्डौ उपत्यकाका भित्री शहरी भुभाग जोड्न वर्तमानमा कायम रहेका सडकमार्ग तथा नदी करीडोर हुँदै पडवे निर्माण गर्न प्रकृया अघी बढाउने । यसको डिजाइन तथा निर्माणमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने । त्यसैगरी बुटवल – भैरहवा – लुम्बिनी, बिराटनगर- इटहरी – धरान, पोखरा लगायत शहरहरुमा पडवे निर्माण गर्न निजी क्षेत्रको सहकार्यमा अध्ययन प्रारम्भ गर्ने ।

सुझाव कार्यदलले बुझाएको पडवे निर्माण गर्ने प्रस्ताव

केही समय अघिको प्रतिनिधि सभाको संसद वैठकमा नेकपा एमालेका तत्कालिन प्रमुख सचेत र हाल प्रतिनिधि सभाको मुख्य सचेतकमा नियुक्त भएका मकवानपुर बाट प्रतिनिधित्व गर्ने संसद महेश बर्तौलाले समेत पुरानो रज्जु मार्ग (रोपवे)को प्रतिस्थापन पोडवे हुनसक्ने बताएका थिए ।

उनले यो योजना सम्पन्न गर्न मकवानपुरका जनता लगानी गर्न सक्षम रहेको र लगानीको कुनै समस्या नरहेको बताएका थिए। हामीले पोडवेका प्रतिनिधिसंग पनि एमालेले समेटेको पडवेको योजनाको बारेमा सोधेका थियौं। उनीहरुले यो किसिमको योजना एमालेले समेटेकोमा खुशी व्यक्त गरे। यस्तै पडवे के हो यो पनि हेरौं तलको भिडियोमा