सदन र सडकलाई प्रभावकारी ढंगले जोड्ने माओवादी केन्द्रको निर्णय

 नेकपा माओवादी     ११ श्रावण २०८१, शुक्रबार २०:३३     29 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठकले सदन र सडकलाई प्रभावकारी ढंगले जोड्दै नयाँ तरिकाबाट जनतामा जाने बताएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्याल पेरिस डाँडामा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहालले बैठकमा भ्रष्टाचारबिरुद्ध, सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कुटनैतिक सन्तुलन मिलाउने कुरामा आफू नेतृत्वको सरकार सफल भएको बताएको जानकारी दिए । उनले सदनमा भएका पार्टीका ३२ जना सदस्यलाई गुणात्मक रुपमा प्रभावकारी बनाउने बताए ।

अध्यक्ष दाहालले राम्रो काम गर्दागर्दै पनि सत्ता समीकरण फेरिएको र यसले पार्टीलाई जनतामा जान ठूलो अवसर मिलेको बताएको प्रवक्ता सापकोटाले जनाए । बैठकमा वरिष्ठ उपाध्यक्ष नारयाण्काजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेताहरु राम कार्की, चक्रपाणि खनाल, हितराज पाण्डे, वर्षमान पुनले आफ्ना धारणा राखेका थिए ।

उनले भने, ‘अध्यक्षज्युले दिशा निर्देश गर्नुभयो । हामीले सरकारमा रहेर जे जति कुरा भ्रष्टाचारबिरुद्ध, सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कुटनैतिक सन्तुलन मिलाउने कुरामा समग्रमा निकै राम्रो पहल कदमी लिएका थियौँ । त्यो लिँदालिँदै समीकरण परिवर्तन भयो । यसले हामीलाई ठूलो ऐतिहासिक अवसर जुटेको छ । जनतमा जाने र कतै न कतै जनतासँगको कडी टुटेको थिया, वर्गसँगको सम्बन्ध कमजोर भएको थियो । त्यसलाई सदृढ गर्ने अवसर आएको कुरा राख्नुभयो । ६ जना कमरेडहरुले आफ्ना भनाइ राख्नुभयो । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, राम कार्की, चक्रपाणि खनाल, हितराज पाण्डे, वर्षमान पुनले राख्नुभयो । हामी सदन र सडकलाई निकै प्रभावकारी ढंगले जोड्दैछौँ । सदनमा भएका हाम्रा ३२ जना सदस्यलाई गुणात्मक रुपमा प्रभावकारी बनाउने छौँ । हामीले संगठनको रुप पनि त्यसैगरी, जनपरिचालन, संघर्षका रुप पनि नितान्त नयाँ ढंगले अघि सार्नेछौँ ।’

उनले पार्टीले संगठनको रुप, जनपरिचालन, संघर्षका रुपहरु नयाँ तरिकाले अघि बढाउने पनि बताए ।