पेरिस ओलम्पिकको प्रारम्भिक चरणमा स्यान्टुले सेनेगलका खेलाडीसँग प्रतिस्पर्धा गर्ने

 सेनेगल     ११ श्रावण २०८१, शुक्रबार १६:०३     25 जनाले पढ़िसके



Spread the love

पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबल टेनिसको पुरुष एकलको प्रतिस्पर्धामा नेपालका स्यान्टु श्रेष्ठले प्रारम्भिक चरणमा सेनेगलका इब्राइम डियासँग खेल्ने भएका छन्।

उनको खेल आगामी शनिबार हुनेछ। पुरुष एकलको प्रतिस्पर्धामा ६७ खेलाडी रहेकामा स्यान्टु अन्तिम वरीयतमा रहेका छन्।

६४ वरीयताभन्दा माथिका खेलाडीले प्रारम्भिक चरण खेल्नु पर्ने नियमअनुसार उनले पहिलो खेल ५१औं वरीयताका खेलाडीसँग खेल्न लागेका हुन्।

प्रारम्भिक चरणको विजेता राउन्ड अफ ६४ मा प्रवेश गर्नेछन्।

स्यान्टु दक्षिण एसियाली छनोट जितेर पेरिस ‌ओलम्पिकमा छानिएका हुन्। पछिल्लो समय अस्ट्रेलिया बस्दै आएका उनले त्यहिँ तयारी गरेका थिए।

स्यान्टु छनोट जितेर ओलम्पिक खेल्न लागेका नेपालका तेस्रो खेलाडी हुन्। यसअघि नेपालबाट तेक्वान्दो खेलाडीद्वय संगिना वैद्य र दीपक विष्टले ओलम्पिक छनोट पार गरेका थिए।