कोशी प्रदेशका चार मन्त्रीले राजीनामा दिने

 संवाददाता    ११ श्रावण २०८१, शुक्रबार ११:५१     34 जनाले पढ़िसके



Spread the love

विराटनगर । संघीय संसदमा प्रमुख प्रतिपक्ष बनेको नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेशमा पनि सरकार छोड्ने भएको छ । कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन् ।

कोशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा,राजेन्द्र कार्की स्वास्थ्य मन्त्री,नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री रहेका छन् ।

यस्तै वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री छन् । केन्द्रीय गठबन्धन अनुसारको नयाँ सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ ।

आजै राजीनामा तयारी रहेको माओवादी श्रोतले जनाएको छ । संविधानको धारा १६८(५) अन्तरगत एमाले र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा हिक्मत कुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।