बागमती प्रदेशका मुख्यमन्त्री लामाले पद तथा गोपनियताको शपथ लिँदै, १३ सदस्यीय मन्त्रिपरिषद् बन्दै

 #कांग्रेस बागमती प्रदेश     ९ श्रावण २०८१, बुधबार ०७:३२     25 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा तामाङले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन् ।

नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताएका छन् ।

मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नेपाली कांग्रेस र नेकपा एमालेका ६४ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले मंगलबार प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि मंगलबार ५ बजेसम्मको समय तोकेर दाबी पेस गर्न आह्वान गरेका थिए ।