एमालेले लीला गिरीको ठाउँमा चेतनारायण आचार्यलाई लुम्बिनीको मुख्यमन्त्री बनाउने

 एमाले लुम्बिनी प्रदेश     ७ श्रावण २०८१, सोमबार १३:५४     21 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरीको ठाउँमा चेतनारायण आचार्यलाई उम्मेदवार बनाउने भएको छ ।

एमाले प्रदेश संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भए पनि एकाएक एमालेले गिरीको ठाउँमा आचार्यलाई मुख्यमन्त्रीमा अघि सारेको हो । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले केन्द्रको निर्देशनमा आचार्यलाई अघि सारिएको बताए ।

लीला गिरी एमालेका उपाध्यक्ष विष्णु पौडेल निकट मानिनुहुन्छ । तर महासचिव शङ्कर पोख्रेलले केन्द्रबाट हस्तक्षेप गरेर आफू निकट चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन लागेको एमाले स्रोतले बताएको छ । आचार्य अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका हुन् ।

लुम्बिनीको मुख्यमन्त्री एमालेले पाउने एमाले र कांग्रेसबीच सहमति भएको छ । लुम्बिनीमा एमाले र कांग्रेसको सहज बहुमत रहेको छ ।