कांग्रेसले बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई अघि सार्ने

 काँग्रेस बागमती प्रदेश     ६ श्रावण २०८१, आईतवार १५:५३     26 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – नेपाली कांग्रेसले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नुवाकोटका सांसद बहादुरसिंह लामालाई अघि सार्ने निर्णय गरेको छ ।

आज बिहान मकवानपुरकाे हेटौँडामा बसेको नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ तर उहाँको पक्षमा बहुमत नपुग्ने निश्चित छ । एमाले र कांग्रेसको सहमतिअनुसार बाग्मतीको मुख्यमन्त्री नेपाली कांग्रेसले पाउनेछ ।