टेलिकमले ल्यायो नयाँ मनसुन अफर, यस्ता छन् सस्तो मूल्यका डेटादेखि भ्वाइससम्मका आकर्षक प्याकेज

 नेपाल टेलिकम     १ श्रावण २०८१, मंगलवार १४:३७     107 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल टेलिकमले भोलि १ साउन २०८१ देखि लागु हुने गरी मनसुन अफर २०८१ सार्वजनिक गरेको छ । कम्पनीले आकर्षक प्याक तथा सुविधा भएको यो नयाँ प्याकेज ल्याएको हो ।

कम्पनीले ल्याएका कम्बो, अनलिमिटेड लगायतका प्याकेजका लागि प्राप्त रिसोर्स (डेटा, भ्वाइस र एसएमएस) समाप्त भएको अवस्थामा सजिलै थप गर्न मिल्ने सहुलियत दरका एड अन प्याकेजहरू समेत सञ्चालनमा ल्याएको छ । टेलिकमका ग्राहकले ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेज खरिद गर्न तथा त्यस बारेमा जानकारी लिन सक्नेछन् । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।