आयल निगमले बढायो इन्धनको मूल्य

 आयल निगम     १ श्रावण २०८१, मंगलवार ०८:३६     13 जनाले पढ़िसके



Spread the love

काठमाडौँ- आजदेखि नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको सञ्‍चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

निगमले भारतबाट आएको नयाँ मूल्य सूची बढेर आएकाले मूल्य बढाउनु परेको जानकारी दिएको छ

गएराति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढेको हो । मूल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ भएको छ भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।।