अन्तत: रेवती पन्तसहित ५ जना भ्रष्टाचारी ठहर

 भ्रष्टाचार     २६ असार २०८१, मंगलवार २१:००     51 जनाले पढ़िसके



Spread the love

काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचारमा मधेस प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री विजयकुमारसहित पाँचजना दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले प्रतिष्ठान र नेपाल सरकारको सहकार्यमा बन्ने एन्टिभेनम उत्पादन तथा अनुसन्धान केन्द्रको नाममा अनियमितता गरेको ठहरसहित सजाय निर्धारण गरेको हो ।

अख्तियारले मधेस प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री विजय कुमारसहित लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मानबहादुर खड्काले आफूलाई नभएको अधिकार प्रयोग गरी प्रतिष्ठानसँग सहकार्य गरेर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेका थियो ।

अभियोगपत्रमा झलनाथ खनाल प्रतिष्ठान नामको गैरसरकारी कम्पनीलाई १७ करोड ९८ लाख ३३ हजार निकासा दिएकोमा शून्य प्रगति भएको उल्लेख थियो ।

विशेष अदालतले विपक्षी बनाइएका पाँच जनालाई दामासाही दुई करोड ३५ लाख २९ हजार रुपैयाँ असुल हुने फैसला गरेको छ ।

तत्कालीन मन्त्री विजयकुमारलाई ९ वर्ष एक महिना कैद, बाँकी प्रतिवादीहरू रेवति पन्त, नवराज भण्डारी, देवेन्द्र राय र निरज भण्डारीलाई समान आठ वर्ष कैद हुने फैसला भएको छ ।

त्यसबाहेक प्रतिष्ठानका नाममा लालबन्दीमा रहेको ९ कठ्ठा ६.३३ धुर जग्गा, गाडी जफत हुने फैसला भएको छ ।