सगुन शिक्षा सहकारीको बेथिती : छानबिन समितिको प्रतिवेदन पेश गर्ने आएन मिति

 संवाददाता    १३ असार २०८१, बुधबार १६:२९     35 जनाले पढ़िसके



Spread the love

हरिवन स्थित सगुन शिक्षा सहकारीमा भएको बेथितिको छानबिनका लागि गत पौषमा सम्पन्न साधारण सभाले समिति गठन गरी चैत्र मसान्तसम्म प्रतिवेदन पेश गर्न निर्देश गरेको थियो।
तर उक्त समितिको म्याद समाप्त भएर आज झण्डै असार मसान्त आइपुग्न लाग्दा पनि न समितिको म्याद थप भएको छ न प्रतिवेदन नै सार्वजनिक भएको छ।
हाम्रा प्रतिनिधिले छानविन समितिका एक सदस्यसंग कुरा गर्दा उनले पनि समितिको प्रतिवेदन नआएको बताए। यस्तै हामीले सगुन शिक्षा सहकारीका सचिव बिदुर प्याकुरेलसंग सम्पर्क गरेका थियौं उनले चाहिँ अब सगुन शिक्षा सहकारीको जेठ २२/२५ तिर वैठक बस्ने सोही वैठकमा प्रतिवेदन पेश हुने बताएका थिए तर हाल असारको पनि १२ गते हुंदासम्म केके भयो हाम्रो जानकारीमा आएको छैन।
यस्तै हामीले छानबिनको प्रश्न उठेका सगुन शिक्षा सहकारीका अध्यक्ष बाबुराम घिमिरेलाई पनि तपांइको कार्यकालमा संस्थाले गरेका खर्चमाथी प्रश्न उठेर छानबिन समिति गठन भएको थियो सो समितिले तपाइले केही पनि विवरण उपलब्ध गराउनुभएको छैन भनेर भन्यो के त्यस्तै भएको हो भनेर सोधेका थियौं तर उनले मैले सबै कुरा लेखापरीक्षकलाई बुझाइसकेको छु भनेर बताए।

यस्तै हामीले नगर भरिका शिक्षाको सुपरिवेक्षण र जिम्मेवारी पाएको निकाय हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीलाई पनि तपाँइको अधिकार क्षेत्र भित्रको शिक्षण संस्था त्यति मात्र नभएर तपाइको पनि लगानी भएको संस्थाको बेथिती बाहिर आउदा तपाइको भुमिका के रह्यो ? चैत्र मसान्तमा आउने प्रतिवेदन आयो ? भनी सोधेका थियौं उनले प्रतिवेदन पनि आएन म्याद पनि थप भएन भन्ने कुरा गरेर खासै चासो दिएको र कुनै हस्तक्षेपकारी कदम उठाउन सक्ने केही कुरा गरेनन ।
यो शिक्षा सहकारी खासमा सगुन बचत तथा सहकारी संस्था एउटा सफल रुपमा त्यस समयमा राष्ट्रिय स्तरका बैंक तथा बित्तिय संस्था नरहेको समयमा हरिवन क्षेत्रकै उत्कृष्ट संस्थाको रुपमा सेवा सहित आएको संस्था जसलाई सफल बनाउन शेयर सदस्यसंगै यसका अध्यक्ष बाबुराम घिमिरे सफल भएपछी उनकै अगुवाईमा सह्कारीकै अवधारणामा शिक्षामा लगानी गरि गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यबाट स्थापना गर्न खोजिएको संस्था हो।
तर सहकारीको अवधारणामा शिक्षण संस्था चलाउन नमिल्ने भएपछी बेथितिको मलजल त्यहीबाट सुरु भएको हाम्रो बुझाई छ। किनभने सहकारी अन्तर्गत शिक्षण संस्था राख्न नमिलेपछि समितिले एक निजि बोर्डिङ स्कुल खरिद गर्यो र सगुन शिक्षा सहकारीको नारा दिएर केही ३ जना व्यक्तिका नाममा प्राइभेट लिमिटेडमा जसरी अरु निजि विद्यालय दर्ता भएका छन त्यसरी नै संचालनमा अगाडि बढ्यो।
त्यस पश्चात् शिक्षा सहकारी एकातिर सगुन शिक्षा प्रा लिको काम कारवाही एकातिर हुँदै गयो सगुन शिक्षा सहकारीका लागि निजि बोर्डिङ,घर,जमिन,स्कुल बस आदि धेरै कुराको व्यवस्था गर्नुपर्ने अनि ती सबै कुराको निर्माण,खरिद पारदर्शी हुन नसकेको धेरै शेयर सद्स्य लगायत आम मानिसको बुझाई छ।
जानकारहरुले बताए अनुसार उक्त सहकारीको शेयर सदस्य नै जबरजस्ती सगुन बचत तथा सहकारीको ऋणिलाई नै जबरजस्ती २५००० का दरले ऋण लिएको रकम बाट नै बनाईएको दाबी छ अझ सुरु सुरुमा त ५०००० नै कट्टा गरेर शेयर दिने गरेको मा पछि घटेर २५ हजारमा आएको एक सदस्यले बताए।

त्यति मात्र नभै त्यहांको बेथिती धेरै नै भएको उनीहरुले बताए। सगुन शिक्षाको स्कुल बस खरिदमा समेत खरिद भएको रकम सम्बन्धित बस बिक्रि गर्ने डिलरलाई भुक्तानी हुनुपर्ने रकम समेत व्यक्ति मार्फत भुक्तानी भएको एक जानकारले बताए त्यति मात्र नभइ शिक्षा सहकारीको लागि खरिद भएको जमिन समेत व्यक्तिको नाममा भएको र उक्त जमिन धितो जमानी राखेर सगुन बचत तथा सहकारी संस्था बाट व्यक्तिगत ऋण निकाली व्यक्तिगत प्रयोजनमा समेत प्रयोग भएको हुनसक्ने बताए। हाल उक्त जमिन राखेर लिएको ऋण तिर्न सहकारीले ताकेता गरेपछि उक्त जमिन बिक्रि बढाबढमा बिक्री गर्न भन्दै न्युनतम मूल्य सहितको सुचना पटक पटक निस्किएको भएपनी हालसम्म बिक्री नभएको जग्गा बिक्रि समितिका श्यामबाबु कार्कीले बताए । यस्तै त्यहां उठेको भवन निर्माण लगायतका कुराको खर्चमा पारदर्शिता माथी प्रश्न चिन्ह उब्जाएको छ। त्यतीमात्र नभई शेयर सदस्यले रकम फिर्ता माग गर्दा समेत सद्स्यता रकम फिर्ता नपाएको एक शेयर सद्स्यले बताए। यस्तै यस्तै बेथितिको चाङ्मा रहेको एक सार्वजनिक संस्था र आरोपितहरुले आफुमाथी लागेको आरोपलाई निर्भिकतापुर्वक सत्यततथ्य छानबिन समितिलाई उपलब्ध गराई आफुलाई बेदाग बनाउनुपर्ने चुनौती छ भने छानबिन समितिले पनि बिना कुनै पुर्वाग्रह स्थापित मान्यतालाई आत्मसाथ गर्दै निष्पक्ष रुपमा सत्यतथ्य शेयर सदस्य लगायत संचारकर्मीलाई जानकारी गराउन अनिवार्य छ।

यससंगै सोही सार्वजनिक संस्था नामको निजि संस्थाका लगानीकर्ता समेत रहेका त्यस नगरका मेयर रमेश बुढाथोकीले पनि आफ्नो अधिकार क्षेत्र प्रयोग गरि सर्वत्र चर्चाको रुपमा आएको सगुन शिक्षा सहकारी नामको प्रा लि माथी यथेष्ठ छानबिन गरि सत्यतथ्य बाहिर ल्याउन जरुरी छ।