बजेटमा आयो पोडवे : तनहुँको विमलनगरदेखि बेनिघाटसम्म सम्भाव्यता अध्ययन गर्ने

 पोडवे     १५ जेष्ठ २०८१, मंगलवार १६:३८     125 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । सरकारले पोडवे निर्माणको सम्भाव्यता अध्ययन तथा लगानीको ढाँचा तयार गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा सो कुरा बताएका हुन् ।

‘पृथ्वीराजमार्गको विमल नगरदेखि गोरखाको लिगलिगकोट, भच्चेक, बारपाक, बुङकोट, गोरखा बजार, मनकामना, बेनिघाटसम्म पोडवे लगायत प्रणालीको सम्भाव्यता अध्ययन र लगानीको ढाँचा तय गरि निर्माण कार्य अगाडी बढाईनेछ’, उनले भने ।