नवलपुर सर्पदंशमा उपचार हुन नसके पछि जनकपुर लैजांदै गर्दा चौधरीको निधन

 संवाददाता    १९ बैशाख २०८१, बुधबार १९:०६     36 जनाले पढ़िसके



Spread the love

बैशाख – ईश्वरपुरमा विषालु सर्पले डसेर एक बालकको ज्यान गएको छ ।

ईश्वरपुर नगरपालिका ८ ईश्वरपुुर टोल निवासी रामप्रकाश चौधरीका छोरा १४ वर्षीय विक्रोस चौधरीको मृत्यु भएको हो । बालकलाई आज बिहान आफ्नो घरमा सुतेकै ठाउँमा करेत सर्पले डसेको थियो ।

नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा उपचार गर्न ल्याइएका बालकलाई यहाँ उपचार सम्भव नभएपछि जनकपुर लैजानेक्रममा बाटोमा नै ज्यान गएको हाम्रा सर्लाही संवाददाता भुवन दाहालले बताए । फोटो : सांकेतिक