असारमा लगनगाँठो कस्दै अभिनेत्री मञ्जिता

 कला तथा मनोरन्जन     १३ बैशाख २०८१, बिहीबार ०७:५१     21 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । अभिनेत्री मञ्जिता केसीले विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले आगामी असार २८ गते शुक्रबार प्रकाश केसीसँग विवाह गर्न लागेकी हुन् ।

प्रकाशसँग उनले हालै इन्गेज्मेन्ट गरेकी हुन् । जसको जानकारी उनले तस्बिर सार्वजनिक गर्दै गराएकी छन् ।

‘च्याम्पियन’ फिल्ममार्फत रजतपटमा डेब्यू गरेकी यी अभिनेत्रीले लोक, आधुनिक, पप, पञ्जेबाजा आदि गरी पाँच सयभन्दा बढी गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । उनले केही सर्ट फिल्म, टेलिश्रृंखलामा पनि अभिनय गरेकी छन् ।

केही दिनअघि धुमधामका साथ इन्गेज्मेन्ट गरेकी अभिनेत्री केसी तथा प्रकाश केसी आगामी असार २८ गते शुक्रवार वैवाहिक बन्धनमा बाँधिदैछन् । काठमाडौं, रानीबारीका केसीसंग मञ्जिताको परम्परागत विवाह हुन लागेको हो । लामो समय अस्ट्रेलिया बसेका केसी पछिल्लो तीन वर्षदेखि काठमाडौंमै छन् ।