रुसद्दारा युक्रेनको खार्किभ शहरमा ड्रोन आक्रमण, ६ जनाको ज्यान गयो

 #अन्तरास्ट्रिय     २४ चैत्र २०८०, शनिबार १५:३७     25 जनाले पढ़िसके



Spread the love

रुसले युक्रेनको खार्किभ शहरमा ड्रोन आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको छ । खार्किभका मेयर इहोर तेरेखोभले रुसले आज बिहानै इरानमा बनेका ड्रोनले केही अपार्टमेन्टसहित कयौँ भवनमा प्रहार गरेको बताएको बीबीसी हिन्दीले जनाएको छ ।

यो आक्रमणमा छ जनाको ज्यान गएको र १० जना घाइते भएका खबरमा उल्लेख छ । खार्किभ रुसी सीमाको सबैभन्दा नजिकको युक्रेनी शहर हो । रुसले पछिल्ला दिनमा आक्रमणलाई तीव्र बनाएको छ ।

युक्रेनका अधिकारीले भविष्यमा रुसले शहरमाथि आक्रमण गर्न सक्ने भन्दै चिन्ता जनाएका छन् । आजको आक्रमणबाट अपार्टमेन्ट भवन, पेट्रोलपम्प, प्रशासनिक भवन र कार क्षतिग्रस्त भएका छन् । हिजो शुक्रबार युक्रेनले ६ वटा रुसी विमान नष्ट गरेको दाबी गरेको छ । गएको बुधबार रोस्तोव क्षेत्रमा भएको आक्रमणमा २० जना सैनिकको मृत्यु भएको अनुमान गरिएको छ । फोटो : रिउटर्स