कुलमान भन्छन केबलकार तर केबलकारलाई चुनौती बन्दै छ माइक्रो रेलमा आधारित पडवे

 पडवे     ४ मंसिर २०८०, सोमबार २०:२०     188 जनाले पढ़िसके



Spread the love

हिजो कुलमान घिसिङले लुम्बिनी केबलकार चढेर दिएको प्रतिक्रिया नेपालका मिडियाका हेड्लाइन भए ।

कुरा के भयो भने उनले हिजो लुम्बिनी केबलकार चढेर प्रतिकृया दिने क्रममा यस्ता किसिमका केबलकार सार्वजनिक यातायातको रुपमा हाम्रा डाँडाकाँडामा पुर्याउनु पर्ने विचार व्यक्त गरेका थिए।

तर केबलकार भन्दा छिटो छरितो,लागतमा पनि झण्डै आधा सस्तो र निर्माण अवधी पनि निकै नै कम अर्थात विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार भएपस्चात जम्मा २ देखि ३ वर्ष भित्र १०० कि.मि. निर्माण गर्न सकिने माइक्रो रेलमा आधारित पडवे नेपालमा भित्रीसकेको छ।

जसको एउटा पोल देखि अर्को पोलसम्मको दुरी २ कि.मि. को फरकमा राख्न सकिन्छ। जसले गर्दा हाम्रो जस्तो भौगोलिक रुपमा जटिल स्थानमा यो वरदान साबित हुने निश्चितप्राय छ। केबलकार सार्वजनिक यातायातको रुपमा नेपालमा त स्थापना भएको छैन।

तर भएका अन्य विश्वका देशहरुका ईतिहास हेर्दा विश्वको सबैभन्दा लामो एउटै लाईनको केबलकार भियतनाममा रहेछ करिब ८ किमि लामो यस्तै सार्वजनिक यातायातको रुपमा शहर केन्द्रित र १० वटा लाइन मार्फत बोलिभियाको राजधानीमा संचालनमा रहेछ जसको कुल ३०.६ कि.मि. लम्बाई रहेछ भने अधिकतम गति रहेछ २१.६ कि.मि प्रती घण्टा।

यसरी हेर्दा यो भन्दा बढी गति पडवेमा रहेछ जसको सामान्य ट्र्याकमा गुड्ने गति १५० किमि प्रती घण्टा छ भने विशेष ट्र्याकमा यो अधिकतम ५०० किमि प्रतिघण्टाको गतिमा चल्छ भनी प्रमाणित भैसकेको छ। यस्तै नेपालमा स्थापना भएका केबलकारको लागत निर्माण सम्पन्न भैसक्दा करिब १ अर्ब २० करोड हुन आउँछ भने पडवे जम्मा ४० करोड प्रति कि.मि. लागतमा निर्माण सम्पन्न हुने यसलाई नेपालमा भित्र्याउन लागि परेको पडवे नेपालको दाबी छ।

यस्तै केबलकारको डोरी अर्थात फलामे लट्ठा हरेक ७ देखि १० वर्षमा फेर्नुपर्छ जसको लागत निर्माण मुल्यको झण्डै ३५ प्रतिशत लाग्ने जानकारहरु बताउंछन भने पडवेको ट्र्याक ५० वर्षसम्म प्रयोग गर्न सकिने पडवे नेपालले बतायो।

यस्तै केबलकारको अधिकतम लम्बाई ५ किमि भन्दा बढी राख्न नसकिने यसका जानकारहरु बतांउछन किनभने यसमा केबल घुमाउन प्रयोग गरिने मोटरले मात्र ५ किमि को लट्ठा घुमाउन सक्छ।

यस्तै यो केबलकार अर्धस्वचालित प्रणालीमा चल्छ भने पडवे पुर्ण रुपले एआइ अर्थात आर्टिफिसियल इन्टेलिजेन्स बाट चालक रहित स्वचालित रुपमा संचालन हुन्छ।

तसर्थ यो लामो दुरीको सार्वजनिक यातायातको रुपमा संचालन गर्न असम्भव नै रहनेछ यसको तुलनामा पडवे आफुले चाहेको दुरीमा निर्माण गर्न सकिन्छ किनकी यसमा ट्र्याकमा पड हिंड्छ। यो एक किसिमको सानो संख्यामा यात्रु बोक्ने सानो रेल हो। यसका यिनै विभिन्न बिशेषताले गर्दा नेपालको भुगोल सुहाउँदो रहेको कम्पनीको दाबी छ ।

पडवे र केबलकार अनि लाइट रेल बिचको तुलना

हालै मात्र यस प्रविधिमा आधारित रहेर दुबइमा १०० किमि निर्माण सुरु भइरहेको पडवे नेपालका प्रतिनिधि ले बताए ।

हालै मात्र पडवेको प्रदर्शनी स्थल रहेको युएइको शारजांहमा भारतका यातायात मन्त्री नितिन गडकरीले भ्रमण गरेका थिए। यस्तै लागत सस्तो भएको जानकारी पाएर नेपालमा केबलकार निर्माणको तयारी गरिरहेका विभिन्न कम्पनीहरुले पडवे नेपालमा जिज्ञासा राखेर छलफल पनि गरेको पडवे नेपालका अधिकारीहरुले बताए।

त्यतिमात्र नभएर पडवे नेपालले आफ्नो निर्माण कार्यको प्रस्ताव लुम्बिनी विकास कोषमा राखेर यसको पुर्व साम्भाव्यता सकेर विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयारी गरिरहेको बताए। जसले लुम्बिनी पवित्र उद्धानको करिब ७ किमिमा भ्रमण गर्ने पर्यटकहरुलाई सेवा दिनेछ।

यस्तै सार्वजनिक यातायातको रुपमा कर्णाली प्रदेशमा करिब २२१ किमिको अध्ययन गर्ने तयारी भैरहेको छ। यसले कर्णालीको अत्यन्त विकट हुम्लाको लिमिसम्म जोड्नेछ। लिमिबाट कैलाश मानसरोवर जाने भारतिय र अन्य विदेशी पर्यटक समेत हुने हुंदा यो रुट अत्यन्त उपयोगी हुने देखिन्छ ।

त्यतिमात्र नभएर कर्णालीमा उत्पादन हुने कृषि वस्तु त्यसमा पनि स्वाउको ढुवानी लगायत अन्य ढुवानीमा पनि यसले ठूलो भुमिका खेल्नेछ। यसको कन्टेनरले एकै पटक १३ टन मालसामान ढुवानी गर्ने पडवे नेपालका उपाध्यक्ष निल भट्टराईले बताए।

यसरी सरसर्ती हेर्दा सार्वजनिक यातायातको रुपमा पडवेले केबलकारलाई चुनौती दिएको देखिन्छ पडवेका प्रतिनिधि भन्छन हामी १/२ किमि निर्माण गरेर भाडा ५०० लिएर पर्यटकिय क्षेत्रमा चलाउने नभई सार्वजनिक यातायातको रुपमा र काठमाडौको जाम घटाउने उद्धेश्यका साथ नेपालमा कदम राखेका हौं।

पडवे नेपालले काठमाण्डौको जाम घटाउन १०० किमि शहरी क्षेत्रभित्र निर्माण गर्न विभिन्न निकायमा अन्तरक्रिया पनि गरिसकेको छ। यस्तो अवस्थामा विद्धुत्त खपतको उद्धेश्यले कुलमान घिसिङले बोल्न त उचित होला तर सार्वजनिक यातायातको रुपमा केबलकार स्थापना गर्न चुनौतीनै देखिन्छ।

यदि उनले विद्धुत खपतको हिसाबले भन्दैछन भने पनि पर्यटकिय क्षेत्रमा केबलकार निर्माण हुंदा त उपयोगी नै हुन सक्छ तर सार्वजनिक यातायातको रुपमा देशभर निर्माणको तयारीमा आउन लागेको पडवेले नेपाली विद्धुतको खपतको अहम हिस्सा बन्न अझै धेरै सम्भावना बोकेको छ तसर्थ उनले सुरुवाती चरणमै पड्वे नेपालसंग पनि छलफल गर्न उत्तिकै जरुरी छ।

हैन भने सार्वजनिक यातयातमा केबलकार निर्माण भएर विद्धुत खपत बढ्ने कुरा दिवास्वप्न हुनेकुरामा दुइमत छैन। एउटा सरकार नियंत्रित र सार्वजनिक संस्थान साथै नेपालको एकमात्र विद्धुत खरिद र विक्री गर्ने अधिकार राख्ने निकायको जिम्मेवार व्यक्ती नेपाल विद्धुत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले अलिकती अध्ययन गरेरमात्र बोल्ने कि ? पडवे सम्बन्धी थप जानकारीका लागि तल हेर्नुहोला।