मुगु सामूहिक हत्या प्रकरण : एक जना हत्यारा पक्राउ, प्रहरीले आज सार्वजनिक गर्ने

 #अपराध     २४ कार्तिक २०८०, शुक्रबार ०७:४१     67 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – मुगुमा एकै परिवारका चार जनाको हत्या प्रकरणमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले घटनाको १३ दिनपछि हत्यारालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही रहेका छन् । उनी मृतकका आफन्त नै पर्छन । आज एक पत्रकार सम्मेलन मार्फत प्रहरीले उनलाई सार्वजनिक गर्दैछ।