रिगल ढकालको आममाफीविरुद्धको मुद्दामा आज फैसला आउने

 #अपराध     १६ कार्तिक २०८०, बिहीबार १०:४०     56 जनाले पढ़िसके



Spread the love

काठमाण्डु – योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।

रिगल ढकाललाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको सुनुवाइ बुधबार सकिएपनि निर्णय भने आज सुनाउने सर्वोच्च अदालतले जनाएको छ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज निर्णय सुनाउने सर्वोच्च प्रशासनले जनाएको छ ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए। ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारतीले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।

गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,न्यायाधीशहरू डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्णइजलासमा सुनुवाइ प्रारम्भ भएपनि हेर्न नमिल्ने भएपछि बुधबारका लागि सुनुवाइ निर्धारण भएको थियो।

दशैं बिदामा अनसन स्थगित गरेकी उनले ११ कात्तिकदेखि फेरि रिले अनसन जारी राखेकी छन् ।