सर्लाहीको कौडेना गाउँपालिका-६ सक्रौलमा बस्ने २२ वर्षीय धिरोज राय युवापुस्ताका लागि अनुकरणीय छन्। ७ वर्षको उमेरमा उनले बुबा गुमाएका पिडा धेरै छन् ! आमासँग खाना बनाउनेदेखि खेतीपाती सँगै पढाई गर्न थाले । मलंगवा नगरपालिकामा उनी बिहान ६ देखि साढे १० बजेसम्म सर्लाही क्याम्पस जान्छन्।
जीविकोपार्जनकै लागि रगतपसिना बगाउनुपर्ने धिरोज जस्ता हजारौँ युवा छन् हाम्रो समाजमा। तर, धिरोजले कडा परिश्रम र विपन्नताकै बीच पनि आफ्नो पढाइलाई निरन्तरता दिएका छन्। लगन र असल सोचका कारण युवाहरूमा ऊर्जा प्रदान गरेका छन । जीवनका अभावलाई कर्ममा बदल्न उनले बताए ।
सर्लाही क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत धिरोज बिहान कलेज गएपछि ऊ आफ्नै काममा व्यस्त हुन्छ्न। उनको पौरख पनि गज्जबको छ। उनकै उमेरका युवाहरू मजदुरी गर्न लाज मान्छन्। तर, धिरोज काममा सम्मान र विश्वास देख्छन्। पेट पाल्नका लागि काम गर्नैपर्ने बुझेकाे उनीसँग भोकै कडा श्रम गरेर खाली पेट सुतेको कैयौँ तिता अनुभव छन्।
सानो उमेरमै कडा काम गर्दा देख्नेले कठै भने पनि धिरोजले आफूलाई कमजोर हुन् दिन्न। गैँटी हान्ने र बेल्चा फाल्नेसँगै छड सिमेन्टका बोरा बोक्ने काममा उनको शरीर अभ्यस्त बनेको छ। काठमाण्डौंमा ट्रक आउनेबित्तिकै गल्ला सामान अनलोडको काम गर्थे । तर, त्यो काम सधैँ हुँदैन्थ्यो। उनी घर, भवन ढलानसँगै अरू निर्माणका काममा पनि पुग्छन्। त्यसबाहेक डेण्टल क्लिनिक सहायक, लेबर, गोदाममा सामान लोड अनलोड, प्लाई फ्याक्ट्री, मोटरसाइकल ग्यारेजमा कामसमेत गरेको धिरोजले बताए । ‘नगरेका काम केही पनि छैन। बाध्यताका अघि लाज, खुसी र उमेर केही होइन,’ उनि भन्छन्, ‘जीवन बदल्न कर्म आवश्यक छ।’ विपन्नताका कारण उनले धेरैले पढाइ छाडेका छन्। तर, अध्ययनलाई निरन्तरता मैले दिए। केही महिनाअघि नगर प्रहरीमा नियुक्त भएका छन्।
दैनिक समयमै कार्यालय पुग्ने, सल्युट ठोक्ने, पहरेदारी गर्ने मात्रै नभएर धेरै कुरा ध्यान दिनुपर्ने बाध्यताबीच पोसाकमा नगरको गह्रुँगो जिम्मेवारी आएको उनले बताउँछन्। ‘नगर प्रहरीसँग समग्र नगरको विषय जोडिएको छ। भारीभन्दा जिम्मेवारी गह्रुँगो हुँदोरहेछ,’ उनले भने, पहिले कडा परिश्रम भएपनि जीवन स्वतन्त्र हुन्थ्यो। नगर प्रहरी भएपछि कानुनअनुसारका सीमा छन्।’ उ कानुनका सीमामा रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने बताउँछन्।
धिरोज नगर प्रहरीमा छनोट भएपछि राय परिवारमा खुसी छाएको छ। ‘परिवार खुसी नहुने कुरै भएन। दाजुदिदिले पोसाक कस्तो सुहाउँछ भन्छन्,’ उनले खुसी व्यक्त गरेका छन । ‘टोलदेखि पालिका, जिल्ला भरीको नगरसम्म सबैले बधाई र हौसला दिइरहेका छन्।