बाजुरामा १५ वर्षपछि कांग्रेसले खोल्यो खाता, प्रतिनिधि सभामा बद्री पाण्डेको इन्ट्री

 प्रदेश तथा संघ निर्वाचन २०७९     १८ मंसिर २०७९, आईतवार १७:५६     76 जनाले पढ़िसके



Spread the love

बाजुराको प्रतिनिधि सभा निर्वाचन क्षेत्रतर्फ नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार पाण्डे ३१ हजार ७८६ मतसहित विजयी भएका हुन।

उनले प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले हराएका हुन्। पराजित थापाले २६ हजार ३ सय ४९ मत पाए। विजयी पाण्डे कांग्रेसका सहमहामन्त्री हुन्।

राप्रपाका जंगकुमार गिरीले २०७, स्वतन्त्र टेकबहादुर बढुवालले ११४ र जनता समाजवादी पार्टीका रामबहादुर शाहीले ७३ मत पाएका छन्।

यसअघि ०७४ को चुनावमा बाजुराबाट वाम गठबन्धनको साझा उम्मेदवार बनेर नेकपा एमालेका लालबहादुर थापा संघीय सांसदमा निर्वाचित भएका थिए। यस्तै प्रदेश सभा १ मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही र प्रदेश सभा २ मा कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन्।