काठमाण्डौसहित धेरै ठाउँमा आजदेखि मात्रै मतगणना सुरु हुने

 प्रदेश तथा संघ निर्वाचन २०७९     ५ मंसिर २०७९, सोमबार ०५:४७     46 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – काठमाण्डौसहित देशका धेरै ठाउँमा आज सोमबारदेखि मात्रै मतगणना सुरु हुने भएको छ । निर्वाचन आयोगले हिजै रातिदेखि मतगणना सुरु हुने बताए पनि ललितपुर र भक्तपुरमा मात्रै रातिदेखि सुरु भएको छ ।
काठमाण्डौको मतगणना यी १० ठाउँबाट हुने

क्षेत्र नम्बर १ – सङ्घीय संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) नयाँ बानेश्वर

क्षेत्र नम्बर २ – कागेश्वरी मनोहराको राधाकृष्ण मन्दिर थली

क्षेत्र नम्बर ३ – गोकर्णेश्वर जोरपाटीको चामुण्डा स्कुल

क्षेत्र नम्बर ४ – बूढानीलकण्ठको चपलीमा रहेको ज्येष्ठ नागरिक भवनमा

क्षेत्र नम्बर ५ – टोखाको श्रीसमाज भवन

क्षेत्र नम्बर ६ – तारकेश्वरको धर्मस्थली

क्षेत्र नम्बर ७ – बालाजु ७ को जुडो हल

क्षेत्र नम्बर ८ स् स्वयम्भूको गीतामाता स्कुल

क्षेत्र नम्बर ९ – नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) रवि भवन

क्षेत्र नम्बर १० – त्रिभुवन विश्वविद्यालय कीर्तिपुर स्मृति भवन