बालेनको अभियान डिजिटल बोर्डतिर, हट्यो वर्ल्ड ट्रेड सेन्टरको डिजिटल विज्ञापन बोर्ड

 महानगर     १६ भाद्र २०७९, बिहीबार १७:३७     182 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरबाट डिजिटल बाेर्ड हटाएकाे छ ।

सेन्टरले मापदण्डविपरीत डिजिटल बोर्ड राखेकाे भन्दै महानगरले उक्त बाेर्ड हटाएकाे हाे ।

महानगरपालिकाबाट गएकाे प्रहरी टाेलीले उक्त बोर्ड हटाएकाे हाे । मेयर बालेन्द्र शाहकाे निर्देशनपछि प्रहरी टाेली उक्त अभियानमा खटिएकाे शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली ट्रेड सेन्टर गएको हाे ।