इन्भेस्टमेन्ट र मेगा बैंकबीच मर्ज सम्झौता

 संवाददाता    २७ जेष्ठ २०७९, शुक्रबार २०:४७     225 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — इन्भेस्टमेन्ट र मेगा बैंकबीच मर्जको सम्झौता भएको छ । राजधानीको एक होटलमा आयोजित कार्यक्रममा मर्ज सम्झौता भएको हो । इन्भेस्टमेन्टको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा मेगा बैंकको तर्फबाट अध्यक्ष भोजबहादुर शाहले मर्ज सम्झौता गरे ।

यी दुई बैंक आपसमा गाभिएपछि चुक्ता पुँजी, कर्जा लगानी लगायत आधारमा सबैभन्दा ठूलो बैंक हुने छ । करिब साढे ३४ अर्ब चुक्ता पुँजी रहनेछ । हाल इन्भेस्टमेन्टको चुक्ता पुँजी १८ अर्ब ३१ करोड तथा मेगाको १६ अर्ब १२ करोड रहेको छ । मर्जपछि बैंकको नाम ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक’ रहने छ ।

त्यस्तै सञ्चालक समितिको अध्यक्ष पृथ्वीबहादुर पाँडे हुने छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे रहने सहमति भएको छ । मर्जपछि बन्ने बैंकको सञ्चालक समितिमा दुबै बैंकको प्रतिनिधित्व रहनेछ । मर्जपछि बैंकको जगेडा कोष झण्डै २१ अर्ब हुनेछ । हाल इन्भेस्टमेन्टको जगेडा कोष १४ अर्ब ८२ करोड तथा मेगाको ५ अर्ब ९२ करोड छ । त्यस्तै कर्जा लगानी करिब सवा ३ खर्ब हुनेछ । हाल इन्भेस्टमेन्टको कर्जा लगानी १ खर्ब ७३ अर्ब र मेगाको १ खर्ब ५० अर्ब छ ।