त्रियुगा नगरपालिकाकाे मेयरमा कांग्रेसका बसन्त कुमार बस्नेत, उपमेयरमा एमालेकी महेश्वरी राई विजयी

 स्थानीय निर्वाचन २०७९     १६ जेष्ठ २०७९, सोमबार १६:०४     357 जनाले पढ़िसके



Spread the love

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका मेयरमा नेपाली कांग्रेसका वसन्तकुमार बस्नेत निर्वाचित भएका छन । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भागवत राउतलाई दुई हजार ८३ मतान्तरले पराजित गरेका हुन । नवनिर्वाचित मेयर बस्नेत २०७४ सालको पालिका चुनावमा निवर्तमान मेयर बलदेव चौधरीसँग ७३ मतले पराजित भएका थिए।

निर्वाचित बस्नेतले १३ हजार नाै सय ५९ मत प्राप्त गर्दा एमालेका राउतले ११ हजार आठ सय ७३ मत प्राप्त गरे । निवर्तमान मेयर नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले नाै हजार एक सय ४७ मत पाए ।

उपमेयरमा नेकपा एमालेकी महेश्वरी राई निर्वाचित भएकी छन। उनले नेपाली कांग्रेसकी सरिता राईलाई एक हजार सात सय २२ मतान्तरले पराजित गरिन । महेश्वरीले १३ हजार सात सय तीन मत प्राप्त गरिन भने सरिताले ११ हजार नाै सय ८१ मत प्राप्त गरिन । नेकपा माओवादी केन्द्रबाट उपमेयरकी उम्मेदवार गीता खड्का कार्कीले ६ हजार पाँच सय ६८ मत प्राप्त गरिन ।
त्रियुगा नगरपालिकामा ४० हजार एक सय ३७ मत मत खसेको थियो ।