बालेनलाई बधाई दिंदै सिर्जना सिंहले भनिन्– महानगरवासीका भावनाअनुसार काम गर्न कार्यकालभर सहयोग गर्नेछु

 स्थानीय निर्वाचन २०७९     १३ जेष्ठ २०७९, शुक्रबार ०८:२५     283 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार भई पराजित भएकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले मेयर, उपमेयर र वडाध्यक्षलगायत निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिएकी छन्। मेयर, उपमेयरलगायत निर्वाचित जनप्रतिनिधिको सफल कार्यकालको शुभकामनासमेत उनले दिएकी छन्।

‘काठमाडौ महानगर प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबै आदरणीय व्यक्तित्वमा बधाई ज्ञापन गर्दै महानगरवासिको भावना बमोजिम कार्य गर्न पूर्ण कार्यकाल भरी मेरो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु,’ उनले भनेकी छन्।