७५३ मध्ये अब पाँच पालिकाको नतिजा आउन बाँकी

 स्थानीय निर्वाचन २०७९     ११ जेष्ठ २०७९, बुधबार २०:३३     85 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — स्थानीय तह निर्वाचन सम्पन्न भएको १२ दिन पुगिसक्दा ५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ ।

बाजुराको बूढीगंगा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार ४३२ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार ३९७ मत प्राप्त गरेकी छन् ।

यस्तै उपप्रमुखमा नेकपा (एमाले)की सुनिता डंगोलले ५३ हजार ६४२ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १७ हजार ७५६ मत प्राप्त गरेका छन् ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका बलदेव चौधरी ७४४ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका वसन्तकुमार बस्नेतले ३४४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का गीता खड्का कार्कीले ८१८ मत प्राप्त गरेकी छन् भने प्रतिद्वन्द्वी कांग्रेसकी सरिता राईले ३२० मत प्राप्त गरेकी छन् ।