नेपाल इन्भेस्टमेन्ट बैंकको थैली एप्सको सिस्टम ४ दिनदेखी डाउन : सेवाग्राही मर्कामा, बैंक बेखबर

 संवाददाता    २९ फाल्गुन २०७८, आईतवार १७:०३     647 जनाले पढ़िसके



Spread the love

काठमाडौं ,नेपाल इन्भेस्टमेन्ट बैंकद्दारा सन्चालित थैली एप्स ४ दिन देखि नचलेको जानकारी प्राप्त भएको छ । सो सम्बन्धमा सेवाग्राहीहरु समक्ष बुझ्दा ३ दिन देखि यो समस्या भोगिरहेको र बैंकले अहिले सम्मपनि सो कुरा आधिकारिक सुचना नआएको बताए र यस्तो अवस्था हुंदा आफ्नो आर्थिक कारोबार प्रभावित भएको बताएका छन। कहिले देखि यस्तो भएको भन्ने हाम्रो प्रश्नमा एक सेवाग्राहिले विहिबार देखि नै यो समस्या भोगिरहेको बताए ।अझ उनले आफुले मोबाइलमा टपअप गर्दा ३/४ चोटि एरर देखाएको तर एकछिन पछि रकम काटिएको मेसेज प्रप्त भएको र हरेक पटक प्रयास गर्दा अर्थात चारपटक प्रयास गर्दाको सबै रकम रिचार्ज भएको मेसेज मोबाइलमा आएको देखाए। यसले नेपालको उत्कृष्ट बैंकको सेवामा उनले असन्तुष्टि जनाए। यस बिषयमा थैली एप्सको ग्राहक सेवा केन्द्रमा फोन गर्दा केही घण्टामा सेवा सुचारु हुने बताइए पनि अहिले यो समाचार तयार पार्दा सम्म पनि सो समस्या कायम नै रहेको पाइएको छ। यस सम्बन्धमा बैंकको गुनासो शाखामा फोन गरेर जानकारी लिन खोज्दा फोन उठेन । एउटा नेपालकै विश्वसनीय बैंकले बिना सुचना वा जानकारी ग्राहकहरुलाई सेवा अवरुद्ध गर्नु अथवा आकस्मिक रुपमा सेवा अवरुद्ध भएको भएपनी जानकारी दिनुपर्ने दायित्वबाट पन्छिनु कति उचित हुन सक्छ। यस बाट बैंकको साख: गिर्न सक्ने सेवाग्राहीहरु बताउँछन। तसर्थ बैक यस्ता कुराहरुमा जिम्मेवार बन्न जरुरी छ। साथै तुरुन्त अवस्थाको बारेमा आफ्ना ग्राहकहरुलाई जानकारी गराई जिम्मेवार हुन जरुरी देखिन्छ।