निर्मलाको लागि न्याय माग्दा बालुवाटारबाट समातिए मानवअधिकारकर्मी

 निर्मला     २४ मंसिर २०७५, सोमबार ०८:४६     628 जनाले पढ़िसके



Spread the love

काठमाडौं– बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र तोड्न खोजेसँगै उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा उनीहरु कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिन पुगेका थिए ।
गत साउन १० निर्मला पन्तको बलात्कार पश्चात हत्याको भएपनि दोषीको हालसम्म पहिचान हुन नसकेको छैन ।