नेसपाको प्रथम विधान अधिवेशन आज पनि जारी

 नेसपा     ६ कार्तिक २०८१, मंगलवार १०:५६     37 जनाले पढ़िसके



Spread the love

काठमाण्डु-नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आज पनि जारी रहनेछ ।

सोमवारदेखि पोखरामा सुरु भएको नेसपाको पहिलो विधान अधिवेशनले पार्टीको नयाँ विधान जारी गर्नेछ ।

महाधिवेशन अन्तर्गत आज पार्टीको महाधिवेशनको मिति र स्थान घोषणा, निर्वाचन आयोग गठन, छलफलमा उठेका प्रश्नहरूको उत्तर, साङ्गठनिक कार्ययोजना प्रस्तुत गरिनेछ ।

यसअघि सोमवार पहिलो दिन विधान मस्यौदा पेश गरेर समूहगत छलफल गरिएको थियो भने आज त्यसबारे निष्कर्ष सुनाउने कार्यसूची रहेको छ ।