साफ महिला फुटबलमा माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा, दुई खेलाडीको ह्याट्रिक

 खेल समाचार     ५ कार्तिक २०८१, सोमबार २०:०४     38 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले सहज जित निकालेको छ । माल्दिभ्सविरुद्ध ११–० गोल अन्तरले नेपाल विजयी भएको हो ।

दशरथ रंगशालामा सोमबार साँझ सम्पन्न खेलमा माल्दिभ्सलाई ११ गोलले हराउँदा रेखा पौडेल र प्रीति राईले ह्याट्रिक गरे । रेखाले ५ र प्रीतिले ३ गोल गर्न भ्याए ।

पहिलो हाफमा ४–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा ७ गोल थपेको हो । यसअघि नेपालले भुटानसँग गोलरहित बराबरी खेलेको थियो ।