देशभर १९ हजार डेंगु संक्रमित

 स्वास्थ्य     ३० आश्विन २०८१, बुधबार ०९:२२     43 जनाले पढ़िसके



Spread the love

 

डेंगु संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । सबैभन्दा बढी काठमाडौंमा फैलिएको छ ।

काठमाडौंमा डेंगु संक्रमणबाट हालसम्म तीन हजार एक सय तीनजना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार ८४७ जनामा डेंगु संक्रमण देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, “पोस्ट मनसुन सुरु हुँदा डेंगुको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेंगुका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गु संक्रमण फैलिएको देखिन्छ ।”

विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो ।

लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।