बीपी राजमार्गमा साना गाडी मात्रै सञ्चालन गर्न पाईने, ठूला गाडी चलाउन रोक

 संवाददाता    २६ आश्विन २०८१, शनिबार १९:०५     104 जनाले पढ़िसके



Spread the love

काठमाण्डौ – बीपी राजमार्ग अन्तर्गत काभ्रेको पिप्ले खण्डमा सुक्खा पहिरोले अवरुद्ध भएको सडक एकतर्फी रुपमा दुई पाङ्ग्रे तथा साना गाडीका लागि मात्रै सञ्चालन भएको छ । अझै पनि सुक्खा पहिरो खस्नेक्रम नरोकिएकाले र सडकको अवस्था कमजोर रहेकाले ठूला गाडी चलाउन रोक लगाएको प्रहरीले जनाएको छ ।

सडक खुलाउन निरन्तर प्रयास भइरहे पनि निर्बाधरुपमा दुईतर्फी सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन । उनले सडकको अवस्था निकै कमजोर रहेकाले सकेसम्म जोखिम मोलेर यात्रा नगर्न र ठूला गाडी नचलाउन सबैमा आग्रह गरेकी छन ।

दुई पाङ्ग्रे तथा साना गाडीबाट यात्रा गर्नुपरेमा सुक्खा पहिरो र सडकको अवस्था हेरेर सावधानीपूर्व यात्रा गर्न उनले सबैमा अनुरोध गरेकी छन । १४ दिनपछि हिजो बिहान खुलेको सडक सुक्खा पहिरोका कारण फेरि बन्द भएको थियो ।

गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो । चाडवाडको बेलामा छोटो दूरीको सडक अवरुद्ध हुँदा यात्रुहरुले समस्या भोग्नु परेको छ ।