फेसबुकका संस्थापक जुकरबर्ग बने विश्वको दोस्रो धनी व्यक्ति

 संवाददाता    १८ आश्विन २०८१, शुक्रबार १६:५९     79 जनाले पढ़िसके



Spread the love

काठमाडौं । फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्सएपको माउ कम्पनी ‘मेटा’का सीइओ मार्क जुकरबर्ग विश्वको दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । उनले अमेजोनका संस्थापक जेफ बेजोसलाई पछि पादै दोस्रो धनी व्यक्ति बनेका हुन् । जुकरबर्गको नेटवर्थ बिहीबार २०६.२ अर्ब डलर पुगेको ब्लूमबर्ग बिलिनियर इन्डेक्सले जनाएको छ। जेफ बेजोसको सम्पति भने २०५ अर्ब डलर कायम भएको छ। मार्कको सम्पति यो वर्ष ७८ अर्ब डलरले बढेको छ ।

मेटाको नाफामा आएको वृद्धिका कारण सेयर भाउ बढेको छ। १ वर्षको समय अवधिमा यस कम्पनीको सेयर भाउ ९० प्रतिशतले बढेको छ । १ महिनामा मात्रै मेटाको भाउ १४ प्रतिशत बढेको देखिएको छ । सेयर मूल्यमा वृद्धिका कारण यसको बजार पुँजीकरण १४ खर्ब ७० अर्ब डलर भन्दा माथि पुगेको छ । यता, इलन मस्क भने विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । उनको सम्पति २५६ अर्ब डलर छ ।