त्रिकोणात्मक टी२० सिरिज: रोहितको अलराउन्ड प्रदर्शनमा नेपाल विजयी

 #नेपाली क्रीकेट     १७ आश्विन २०८१, बिहीबार ०७:४९     126 जनाले पढ़िसके



Spread the love

नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव ५ ओभरमा १०१ रन जोड्दै अलआउट भयो।

ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । यसअघि नेपालले सात विकेटको क्षतिमा १५७ रन जोड्यो । कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टी२० आई सिरिजमा ओमानलाई ५६ रनले हराएको हो।

नेपालका कुशल भुर्तेलले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए। टस हारेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए।

ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सन झा दुई र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए। फोटो : फाइल