यमनको होदेइडाहमा इजरायली हवाई आक्रमणः ४ जनाको मृत्यु, ४९ जना घाइते

 संवाददाता    १५ आश्विन २०८१, मंगलवार ०९:११     40 जनाले पढ़िसके



Spread the love

एजेन्सी । यमनको रेड सी बन्दरगाह शहर होदेइदाहमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै अन्य ४९ जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल–मासिराहले आक्रमणलाई इजरायली आक्रमण भनेर वर्णन गरेको छ । रास इसा क्षेत्रमा बन्दरगाह र अल–हली र अल–काथीब जिल्लाहरूमा रहेको पावर स्टेशनहरूमा आक्रमण भएको बताइएको छ ।

अल–हली बिजुली केन्द्रमा बन्दरगाहका कामदार र तीन इन्जिनियर सहित चार जनाको मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ ।