हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा इजरायली आक्रमण

 संवाददाता    १२ आश्विन २०८१, शनिबार १३:०८     15 जनाले पढ़िसके



Spread the love

एजेन्सी । इजरायलले शुक्रबार बेरुतको दहिहमा अवस्थित हेजबुल्लाहको केन्द्रीय मुख्यालयमा लक्षित गरी आक्रमण गरेको छ ।

सामाजिक सञ्जाल एक्स मार्फत इजरायली रक्षा बल (आईडीएफ) ले घटनाको पुष्टि गरेको छ । आइडिएफका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हेजबुल्लाहको आक्रमणको बारेमा जानकारी दिदै इजरायली रक्षा बलले मुख्यालय बेरुतको उक्त स्थानमा नियम विपरित निर्माण गरिएको उल्लेख गरेका छन् ।

हागारीले हेजबुल्लाहको आतङ्कवाद बाट आफ्ना नागरिकको रक्षा गर्ने इजरायली दृढतालाई दोहोर्‍याउदै लेबनानी जनतालाई प्रयोग गर्ने हेजबुल्लाहको रणनीतिको हिस्साको रुपमा गत अक्टोबरमा आक्रमण गरेको बताएका छन् ।

हेजबुल्लाहले इजरायलमा आक्रमण गरेको लगभग एक वर्ष पछि इजरायलले विश्वलाई चेतावनी दिदै हेजबुल्लाहलाई रोक्नु पर्ने जनाएको छ । बेरुतमा भएको विस्फोट हेजबुल्लाहका नेता हसन नस्रल्लाहलाई लक्षित गरी गरिएको सिएनएनले रिपोर्ट गरेको छ ।

एकजना वरिष्ठ इजरायली अधिकारीले नस्रल्लाहलाई लक्षित गरी गरिएको आक्रमण गाजामा हमासका नेता मोहम्मद देइफको निधन भएको अपरेसन सँग मेल खाने खालको रहेको बताएका छन् ।

साथै, लेबनानको स्वास्थ्य मन्त्रालयले बेरुतमा भएको इजरायली हमलामा दुई जनाको ज्यान जानुका साथै दर्जनौं घाइते भएको जनाएको छ ।

इजरायलले लेबनानमा हेजबुल्लाहलाई खतराको सामना गर्न बाध्य पारेको छ भने इरान समर्थित समूहले उत्तरी इजरायलमा बारम्बार आक्रमण गरिरहेको छ ।

द्वन्द्व बढ्दै जाँदा, विश्वका प्रमुख देशहरुले युद्धविराम र बन्धक सम्झौताको आह्वान गरिहेका छन् ।
रासस