इन्डोनेसियाको अवैध सुनखानीमा पहिरो जाँदा १५ जनाको मृत्यु

 संवाददाता    १२ आश्विन २०८१, शनिबार १३:०७     12 जनाले पढ़िसके



Spread the love

एजेन्सी । पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा १५ जनाको मृत्यु भएको छ ।

पहिरोमा परी तीन जना घाइते भएका छन् । भग्नावषेशमा पुरिएर २५ जना भन्दा बढी बेपत्ता भएको अधिकारीहरुले बताएका छन् ।

अनतराष्ट्रिय सञ्चार माध्यमका अनुसार सुमात्रा टापुमा अवस्थित पश्चिम सुमात्रा प्रान्तको दुर्गम क्षेत्रमा भारी वर्षाले पहिरो निम्त्याएको प्रान्तीय विपद् न्यूनीकरण विभागले जनाएको छ । पहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको छ ।

उक्त क्षेत्रमा मोबाइल फोनको पहुँच नभएकाले उद्धारकर्तालाई एक अर्कासँग कुराकानी गर्न गाह्रो भइरहेको विभागले जनाएको छ ।