पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

 संवाददाता    ११ आश्विन २०८१, शुक्रबार १२:०९     11 जनाले पढ़िसके



Spread the love

दाङ । निरन्तरको वर्षाले राप्ती लोकमार्ग अन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको जानकारी दिइन् । सो स्थानमा सडक मर्मत भइरहेकाले काम प्रभावित बनेको उनले बताइन् ।

केही स्थानमा पहिरो खसेको र केही स्थानमा सडक भासिएको पुनले बताइन् । उनका अनुसार शुक्रबार देखि १३ असोजसम्म सडक मर्मत हुने भएकाले तत्काललाई ठूला सवारीसाधन, टिपर र ट्रक सञ्चालनमा रोक लगाइएको छ ।

साना सवारीसाधन पहिरो पन्छाएर सञ्चालनमा ल्याइने उनले बताइन् ।
रासस