विश्वकप लिग–२ : आज नेपालले ओमानको सामना गर्ने

 संवाददाता    ८ आश्विन २०८१, मंगलवार ०९:१४     12 जनाले पढ़िसके



Spread the love

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत क्यानडा सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले मंगलबार ओमानको सामना गर्दैछ।

खेल नेपाली समयअनुसार मंगलबार राति पौने नौ बजे क्यानडाको किंग सिटी मैदानमा हुनेछ। यसअघि सिरिजका तीन खेलमा लगातार हार बेहोरेको नेपाल आजको खेल जित्ने योजनामा छ । नेपालले क्यानडासँगका दुवै र ओमानविरुद्धको पहिलो खेलमा हार बेहोरेको थियो ।

पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित नेपाल दोस्रो खेलमा ओमानसँग एक विकेटले हार्यो। तेस्रो खेलमा नेपाल पुनः क्यानडासँग पाँच विकेटले पराजित भयो।

यो खेलसँगै लिग–२ को दोस्रो सिरिज सकिनेछ भने क्यानाडामै तीन टोलीबीच टी–२० सिरिज हुनेछ ।