मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिहान केही खर्चिलाे काम गर्नुपर्ने देखिन्छ। टाढाका आफन्तसँग सम्पर्क बढ्नेछ। यात्राकाे साइत जुर्न सक्छ। दिउँसाे परिस्थिति अनुकूल बन्नाले नयाँ काम सुरु हुनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ र स्वाभिमानको रक्षा गर्न सफल भइनेछ।