ठगिको आरोपमा दुई जना पक्राउ

 संवाददाता    ३ आश्विन २०८१, बिहीबार १८:०९     5 जनाले पढ़िसके



Spread the love

वैदेशिक रोजगारीका लागी विभिन्न मुलुकमा पठाउँछौँ भनि ठगिको गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा घर भएर काठमाडौँ बस्ने २८ वर्षीय राजन अर्याल र झापा घर भएर भक्तपुर बस्ने ४६ वर्षीय जय नारायण राजवंशी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

दुबई र अल्वानियामा पठाउँछु भनेर अर्यालले ३ लाख रुपैयाँ ठगी गरेका हुन् । राजवंशीले ५ लाख ५० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागको कार्यालय ताहाचलमा पठाएको छ ।