नेशनल डे कन्सर्ट’मा बालेन समर्थक माथि कुटपिट

 संवाददाता    ३ आश्विन २०८१, बिहीबार १८:०८     6 जनाले पढ़िसके



Spread the love

काठमाडौं । दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका समर्थक कुटिएका छन् । बालेनको पक्षमा नारा लगाएका केही युवाहरूलाई अर्को समूहले कुटपिट गरेको हो ।

‘नेशनल डे कन्सर्ट’मा सहभागी एक सानो समुहले ‘बालेन ! बालेन !’ भनेर नारा लगाउन थालेपछि कुटपिट भएको हो । ४ बजेदेखि सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा युवाहरुको संख्या बाक्लो छ। बालेन समर्थकहरुले उनको पक्षमा नारा लगाइरहेका छन्। कुटपिट गर्ने र कुटिने व्यक्तिहरूको पहिचान खुलेको छैन ।

यता, धरहरा चढ्न सुन्धारा पुगेकाहरुले पनि धरहराको फेदमा बसेर मेयर शाहको पक्षमा हुटिङ गरेका छन्। इन्द्रजात्राको बेला बालेन शाहको फोटो अंकित टिसर्ट लगाउनेलाई पक्राउ गरेको र सरकारमा रहनेहरु बालेनविरुद्ध लागेको भन्दै समर्थकले विरोध गरेका हुन्।

संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायतको प्रस्तुती रहने बताइएको छ ।