स्वतन्त्रताको माग गर्नेलाई हङकङमा जेल सजाय

 संवाददाता    ३ आश्विन २०८१, बिहीबार १८:०५     2 जनाले पढ़िसके



Spread the love

हङ्कङका एक व्यक्तिलाई विरोधको नारा लेखिएको टिसर्ट लगाएको आरोपमा १४ महिनाको जेल सजाय सुनाइएको छ ।

२७ वर्षीया चु काइ पोङलाई गत जुन महिनामा सबवे स्टेसनमा ’हङकङलाई मुक्त गर, हाम्रो समयको क्रान्ति’ लेखिएको टिसर्ट लगाएर हिडेको बेला पक्राउ गरिएको थियो ।सन् २०१९ मा हङ्कङमा महिनौंसम्म चलेको सरकार विरोधी प्रदर्शनका यस्तो नारा लगाइएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उनले आफ्नो विचारको विरोध गर्ने मानिसहरूविरुद्ध प्रयोग गर्न आफ्नो मलमूत्र भएको बाकस पनि बोकेका थिए।

सन् २०१९ को विरोध प्रदर्शनको मुख्य मितिको वर्षगाँठको अवसरमा जुन १२ मा विशेष गरी ठूलो भीड शहरको सडकमा ओर्लिएपछि चुलाई पक्राउ गरिएको थियो। उनलाई राजद्रोहको कसुरमा दोषी ठहर गर्दै १४ महिनाको जेल सजाय सुनाइएको हो ।गत मार्चमा पारित भएको नयाँ स्थानीय राष्ट्रिय सुरक्षा कानून अन्तर्गत हङकङको एक अदालतले गत सोमबार उनलाई यो सजाय सुनाएको बीबीसीले जनाएको छ ।

धारा २३ भनिने यो कानुनले सन् २०२० मा चीनले लागू गरेको राष्ट्रिय सुरक्षा कानुनलाई विस्तार गरेको छ ।
आलोचकहरूले यो कानूनले हङकङ शहरमा नागरिक स्वतन्त्रतालाई थप कुण्ठित गर्न सक्ने आशंका व्यक्त गरेका थिए ।